२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कम्युनिष्ट खोल ओढेका गणतन्त्र बिरोधी भन्दा कांग्रेस हजार गुणा लोकतन्त्रबादी : प्रचण्ड

चुनाव सकिंदैमा प्रतिगमनको खतरा सकिने कुरा नसोँच्न आग्रह



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै २ तिहाई मत प्राप्त गरेको सरकार प्रमुखबाटै लोकतन्त्र र गणतन्त्र उल्टाउने प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बहुमत सहितको सरकारको नृतृत्व गर्ने बाट नै १७ साल दोहो¥याउने प्रपञ्च भएपछि त्यस विरुद्ध गठबन्धन बनाउनु परेको बताए ।

उनले नेकपा भित्र आफुहरुले खबरदारी गर्दा गर्दै नेकपाकै नेतृत्जमा बनेको सरकारले भयानक भ्रष्टाचार भएको आरोप लगाउँदै कोभिडबाट जनता आक्रान्त भएको अवस्थामा पनि कोभिडकै उपचार सामाग्री र औषधीमा पनि भ्रष्टाचार गरिएको आरोप लगाए ।

पार्टी भित्रैबाट भ्रष्टाचार मौलाएपछि त्यसको विरुद्ध आवाज उठाउँदा जनताको सर्वोभौम अधिकार रहेको संसद नै भङ्ग गरिएको बताउँदै प्रचण्डले पार्टीभित्र अल्पमतमा रहेका र पार्टीले कारवाही गरेका व्यक्तिले जनताको सर्वोभौम संसद विघटन गरेको बताए । उनले गठबन्धन सजिलै नबनेको जिकिर गर्दै संबिधान उल्ट्याउने र गणतन्त्र उल्ट्याउने षडयन्त्र तत्कालका लागि बिफल भएको बताए । प्रतिगमनको खतरा अझै कायम रहेको प्रचण्डको भनाई छ ।

शान्ति सम्झौता भएकै दिनमा कांग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोईराला र आफुले एक आपसका चुनाव चिन्हमा मत दिने सुरुवात गरेको पनि प्रचण्डले बताए । ‘जुन दिन शान्ति सम्झौता भयो, उसैदिन स्वर्गिय कोईरालाले हंसिया हतौडामा र आफुले रुखमा मत दिने सहमती भएको हो ।’ प्रचण्डले भने ।

दुईटा बिचार, दुउटा प्रबृत्ति र दुउटा गठबन्धन आमनेसामनेको अवस्थामा रहेको जिकिर गर्दै प्रचण्डले एउटा बिचारले लोकतन्त्र, संबिधान र गणतन्त्रको रक्षाका निम्ती रहेको छ भने अर्को गठबन्धन प्रतिगमनका निम्ति, गणतन्त्र उल्टाउनका निम्ती र संबिधानमाथि घात गर्नका निम्ति गठबन्धन भएको उल्लेख गरे ।

प्रतिगमनका जान चाहने र गणतन्त्र उल्टाउन चाहने कम्युनिष्ट खोल ओढेका समुह भन्दा कांग्रेस हजार गुणा लोकतान्त्रिक रहेको प्रचण्डले बताए । गठबन्धन निर्वाचन जित्नका लागि मात्र नबनाईएको चर्चा गर्दै उनले संबिधानको रक्षा, गढातन्त्रको रक्षा र समावेशी, समानुपातिक संघीय प्रणालकिो रक्षाका लागि गठबन्धन बनाइएको स्पष्ट पारे ।

चुनाव सकिंदैमा प्रतिगमनको खतरा सकिने कुरा नसोँच्न आग्रह गर्दै उनले आफ्नो मात्र पार्टीले जिते प्रतिगमन सकिने सोँचियो भने देश दुर्घटनामा जान सक्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ५४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा