२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बाँके २ का स्वतन्त्र उम्मेदवार भन्छन् – चुनाव जिते मोटरसाईकल, ट्याक्टर लगायतका साधनमा ‘वन टाइम पे’ गराउँछु



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार बनेका दिवाकर खनालले आफुले चुनाव जिते अत्यावश्यक सवारी साधनको ‘वन टाईम पे’ गराउने आश्वासन बाँडेका छन् । उनले किसानलाई आवश्यक ट्याक्टर, दैनीक जिवनमा उपयोग हुने मोटरसाईल र निम्न आय हुनेहरुले चलाउने रिक्सा जस्ता साधनहरुमा एक पटक मात्र कर तिरे पुग्ने व्यवस्था मिलाउने आश्वासन बाँडेका हुन् ।

यसरी कृषक तथा मध्यम स्तरका मानिसहरुको सहज साधानको रुपमा प्रयोग हुन आउने रिक्सा, मोटर साइकल तथा अटो जस्ता साधानहरुमा माथि सरकारले वर्षेनी लगाउँदै आएको करलाई ‘वन टाइम पे’ बनाउने आफ्नो लक्ष्य रहेको प्रतिनिधि सभामा सदस्यका स्वतन्त्र उम्मेदवार खनालले बताए ।

अहिले नेपालमा मोटर साइकलमा मात्रै १ सय २५ सिसिलाई २५००, १२६ सिसि देखि २५० सम्मलाई ४५००, २५१ देखि ४०० सिसि सम्मलाई ९५०० र ४०१ सिसि र सो भन्दा माथि लाई २०००० रुपैयाका दरले वार्षिक रिन्यु कर बुझाउने पर्ने स्थिति रहेको भन्दै उनले यस्ता सवारीमा उक पटक वा एक पटक तिरेपछि लामो समय तिर्न नपर्ने व्यवस्था मिलाउनु पर्ने बताए । ।

यसैगरी कृषकहरुले प्रयोगमा ल्याउने ट्रयाक्टर लगायतका साधानहरुमा समेत चर्को मुल्यमा कर बुझाउँदा कृषकहरु मारमा परेको खनालले कृषक तथा मध्यम आय भएकाहरुबाट यस्तो कर उठाउनु भन्दा पनि सरकारले सहुलियत दिनु पर्ने बताए ।

आर्ना चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका खनालले भने, ‘एक त कृषक तथा मध्यम आय भएकाले आफ्नो बचतबाट मोटर साइकल लगायतका साधानहरु आवश्यक परेर लाखौं रकम खर्च गरेर किन्छन, त्यस माथि वर्षैपिछे सरकारलाई कर बुझाउँदा निकै समस्या परेको छ ।’

‘मैले मोटर साइकल लगायतका साधनहरु एक पटक सरकारलाई कर तिरे पछि वर्षोै पटक तिर्नु पर्ने झन्झटलाई समाप्त पार्छु ।’ उनले भने ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ११ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा