२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गठबन्धन संविधानको रक्षाका लागि निर्माण भएको हो : देव गुरुङ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौं सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताए। “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने ।

आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे । उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए । घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ । उनले मर्स्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए ।

लमजुङ प्रदेशसभा (क)का उम्मेदवार डा टकराज गुरुङले संविधानको कार्यान्वयन गर्नका लागि गठबन्धन निर्माण भएको बताए । उनले अघिल्लो निर्वाचनमा पार्टीले हारे पनि देशले जित्नुपर्छ भनेर कांग्रेसले निर्वाचन गरेको स्मरण गर्दै देशको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

कांग्रेस लमजुङका सभापतिसमेत रहेका डा गुरुङले लमजुङका सबै ग्रामीण बस्तीमा मोटरबाटो पु¥याएर त्यहाँको पर्यटन, कृषि र जलविद्युत्लाई देशको अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । लमजुङ प्रदेशसभा (ख)का उम्मेदवार भेषबहादुर पौडेलले समृद्ध लमजुङ निर्माण आफ्नो अभियान भएको बताए । “म लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदादेखि समृद्ध लमजुङको अभियानलाई अगाडि बढाउँदै आएको छु, लमजुङको विकास नै मेरो र गठबन्धनको प्रमुख एजेण्डा हो”, उनले भने । कृषि, पर्यटन र जलविद्युत्लाई रोजगारीसँग जोड्न सके लमजुङको विकास हुने उनको भनाइ छ ।

नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सम्पर्क समिति तथा मञ्चको महत्वपूर्ण भूमिका रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ०० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा