२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेता कार्यकर्तालाई प्रचण्डको आश्वासन – हाम्रो सरकार बनेपछि अवसर नै अवसर मिल्नेछ



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएर असन्तुष्ट बनेका नेता कार्यकर्तालाई चुनावपछि उचित स्थान दिइने आश्वासन दिएका छन् ।

सत्ता गठबन्धनद्वारा विराटनगरमा शनिबार आयोथिजत संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि गठबन्धनको सरकार बनेमा हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार नै उज्यालो हुने दाबी गरेका छन्।

प्रचण्डले बहुमतको सरकार आएपछि हुने राजनीतिक नियुक्ति र राजदूत जस्ता पदमा अहिले टिकट नपाएर अनुहार महिन बनाएकालाई अवसर दिइने आश्वासन दिए । उनले भने, ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’

अध्यक्ष प्रचण्डले गठबन्धनको बहुमत ल्याउनका लागि अहिलेदेखि नै गाउँगाउँ गएर जनतालाई कन्भिन्स गर्नुपर्ने बताए । यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

प्रचण्डले ४ मंसिरको चुनाव सामान्य चुनाव नभएको पुनः दोहोर्याउँदै यसलाई आन्दोलनको अभियानको रुपमा लिनुपर्ने बताए । सानातिना कमीकमजोरीलाई थाती राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का बनिदिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले गठबन्धनका सबै उम्मेदवारलाई सबै पार्टीका नेता कार्यकर्ताले मतदान गर्नुपर्ने बताए । शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको जिकिर गर्दै उनले कुनै अप्ठ्यारो नमानि एकले अर्कालाई सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रचण्डले लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई परास्त गर्न गठबन्धन बनेका कारण गम्भीर बन्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा