२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रतिगमनको खतरा अझै छ : शिक्षामन्त्री पौडेल



बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।

बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशीविदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताएका हुन् ।

पौडेलले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए ।

गठबन्धनलाई टुट्याउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षड्यन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको पनि उनले दाबी गरे । “संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरुको एक ठाउँमा उभिएका छौं,” उनले भने, “देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।”

देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

यस क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार पौडेलले बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । गत निर्वाचनमा सिसाखानीको पुल बनाउने बाचा गरेको स्मरण गदै विभिन्न कारणले अल्झेको भन्दै चाडै काम हुने बताए ।

जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।

प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए । भ्रष्टाचार न्यूनिकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए ।

नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा रहिरहेको बताउँदै १० प्रतिशतमा उकालियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने बताए । विपक्षी पार्टीले डेन्टपेन्ट गरी उम्मेदवार उठाएको भन्दै जनताले फैसला गर्नुपर्ने बताए ।

 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : १२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा