८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रतिस्पर्धीहरूलाई उम्मेदवार राईको चोक र मैदानमा बसेर बहस गर्न चुनौती



नेपालगन्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन्। निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले प्रतिद्वन्द्वीहरुलाई बहसमा आउन चुनौती दिएका हुन् ।

आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए।

‘कसैले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झुटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ। तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु।’

तत्कालीन मेयर धवल शमशेर राणाले आफूलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछि अर्को सार्वजनिक भइरहेको आरोप लगाए। उनले भने, ‘ अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ। जसका विरुद्ध ३-३ वटा उजुरी परेको छ। उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन।’

उनले विरोधीहरूले अरू केही मुद्दा नपाएर झुटा कुराहरू र धर्मको मुद्दालाई उठाउन थालेको बताए। केही दिन अघि विरोधीहरूले नेपालगन्जमा कन्जी हाउसको बारेमा झुटा बयानहरू फैलाएको पनि उनले बताए।

‘त्यो बेला मैले पैसा दिन्छु भनेकै हुँ। तर मैले शर्त राखेको थिएँ कि नगरपालिकाले दीर्घकालीन योजना अघि सारोस्। भेरी अञ्चल अस्पतालको भवन शिलान्यास गर्दा भनेको हुँ। भिडियो अहिले पनि सुरक्षित छ’ त्यसलाई प्रष्ट्याउँदै राईले भने ‘तर त्यो बेलाका मेयरसाब अहिले चुनावी मैदानमा हुनुहुन्छ, उहाँले त्यो योजना ल्याएको खोईरु उल्टै कोरोनाकालमा भेन्टिलेटर खरिद गर्न दिएको पैसा पनि फ्रिज गराइदिनुभयो। अहिले त्यस्ता भ्रमहरू छरेर चुनाव जितिन्न। मैले केके काम गरेँ भन्ने प्रमाण जनताको हातहातमा छ।’

उम्मेदवार राईले त्यस्ता भ्रमहरूको पछि नलाग्न र घरदैलोमा आउने विपक्षी दलका नेताहरूलाई ती प्रश्नहरू सोध्न पनि आह्वान गरे।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ४६ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई