२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रतिस्पर्धीहरूलाई उम्मेदवार राईको चोक र मैदानमा बसेर बहस गर्न चुनौती



नेपालगन्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन्। निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले प्रतिद्वन्द्वीहरुलाई बहसमा आउन चुनौती दिएका हुन् ।

आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए।

‘कसैले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झुटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ। तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु।’

तत्कालीन मेयर धवल शमशेर राणाले आफूलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछि अर्को सार्वजनिक भइरहेको आरोप लगाए। उनले भने, ‘ अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ। जसका विरुद्ध ३-३ वटा उजुरी परेको छ। उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन।’

उनले विरोधीहरूले अरू केही मुद्दा नपाएर झुटा कुराहरू र धर्मको मुद्दालाई उठाउन थालेको बताए। केही दिन अघि विरोधीहरूले नेपालगन्जमा कन्जी हाउसको बारेमा झुटा बयानहरू फैलाएको पनि उनले बताए।

‘त्यो बेला मैले पैसा दिन्छु भनेकै हुँ। तर मैले शर्त राखेको थिएँ कि नगरपालिकाले दीर्घकालीन योजना अघि सारोस्। भेरी अञ्चल अस्पतालको भवन शिलान्यास गर्दा भनेको हुँ। भिडियो अहिले पनि सुरक्षित छ’ त्यसलाई प्रष्ट्याउँदै राईले भने ‘तर त्यो बेलाका मेयरसाब अहिले चुनावी मैदानमा हुनुहुन्छ, उहाँले त्यो योजना ल्याएको खोईरु उल्टै कोरोनाकालमा भेन्टिलेटर खरिद गर्न दिएको पैसा पनि फ्रिज गराइदिनुभयो। अहिले त्यस्ता भ्रमहरू छरेर चुनाव जितिन्न। मैले केके काम गरेँ भन्ने प्रमाण जनताको हातहातमा छ।’

उम्मेदवार राईले त्यस्ता भ्रमहरूको पछि नलाग्न र घरदैलोमा आउने विपक्षी दलका नेताहरूलाई ती प्रश्नहरू सोध्न पनि आह्वान गरे।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ४६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा