२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

हवाई र स्थल नाका सुरक्षित नहुँदा नेपाली भूमिमा विदेशी चलखेल हुन सक्ने : गृहमन्त्री खाँण



बुटवल । मुलुकको सुरक्षाको बागडोर सम्हालेका संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण आफै नेपालको हवाई र स्थल नाका व्यवस्थित नभएको बताएका छन् । आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर गतिबिधि हुने बताएका हुन् ।

उनले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताउँदै नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुनपर्ने छ । यसतर्फ सरकार लागि परेको छ’, उनले भने ।

उनले स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचनपछि सरकारले रूपन्देहीको बेलहीया नाकाबाट गर्ने पनि उनले बताए ।

मन्त्री खाणले बेलहीयामा बन्ने एकीकृत जाँच चौकी (आइसीपी) निर्माणका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विस्वस्त रहेको बताए।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु