५ पुस २०८२, शनिबार | December 20, 2025

हवाई र स्थल नाका सुरक्षित नहुँदा नेपाली भूमिमा विदेशी चलखेल हुन सक्ने : गृहमन्त्री खाँण



बुटवल । मुलुकको सुरक्षाको बागडोर सम्हालेका संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण आफै नेपालको हवाई र स्थल नाका व्यवस्थित नभएको बताएका छन् । आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर गतिबिधि हुने बताएका हुन् ।

उनले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताउँदै नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुनपर्ने छ । यसतर्फ सरकार लागि परेको छ’, उनले भने ।

उनले स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचनपछि सरकारले रूपन्देहीको बेलहीया नाकाबाट गर्ने पनि उनले बताए ।

मन्त्री खाणले बेलहीयामा बन्ने एकीकृत जाँच चौकी (आइसीपी) निर्माणका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विस्वस्त रहेको बताए।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य