७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई महासंघको सदस्यताबाट विदाई गरौं : विपुल पोखरेल



बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औँ साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको बुटवलमा बसेको साधारणसभा अध्यक्ष रामराज पोखरेलको प्रगति प्रतिबेदन र कोषाध्यक्ष संजय सौगातको आर्थिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको हो ।

साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता शुद्धिकरणको अभियान सुरु गर्नु पर्ने बताए । उनले शुद्धिकरणको माध्यमबाट पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको संस्थाका रुपमा मात्रै चिनाउनुपर्ने अवस्था आएको बताए । अध्यक्ष पोखरेलले शुद्धिकरणको सुरुवात पत्रकारिता क्षेत्रबाट विस्थापित भइसकेका र पलायन भएका र पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई विदाई गरेर गर्नु पर्ने बताए । ‘सदस्य शुद्धिकरणका सन्दर्भमा पनि शाखाले महत्वपूर्ण निर्णय लिन जरुरी छ । त्यसका लागि साधारणससभा रणनीति तय गर्ने महत्वपूर्ण आधार हुन सक्छ । उनले भने ।

साधारणसभाकै अवसरमा रुपन्देहीमा कार्यरत ९ जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार ११ औं साधारण सभाकै अवसरमा वितरण गरिउको थियो ।

बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारीता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका छन् ।

सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारीता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेलले प्राप्त गरे ।

त्यसैगरि बुटवल पब्लिकेशनद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारीता पुस्कारबाट कपिल ज्ञवली, पुजा पन्थी र चन्द्रकान्त खनालले प्राप्त गरे । कोरोनाका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएको थियो ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज