२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ



बारा । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ ।

२ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २-०३-०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो ।

बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर निवासी २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।

पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र २-०३-००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ११ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु