४ पुस २०८२, शुक्रबार | December 20, 2025

जव सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म देखाइयो



मुम्बई । आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे ।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।

यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको