२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भेरी किनारमा भोज खान गएका एकको मृत्यु , एक बेपत्ता



सुर्खेत । भेरी नदीको किनारमा वनभोज खान गएका एकजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बनभोज खान गएका मध्य जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही समुहका भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य भैरहेको सुर्खेत प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले जनाए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ०० बजे

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ