७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृहमन्त्री खाँणलाई भैरहवामा गराइयो मण्डप बिनाको म्ह पुजा



बुटवल । गृहमन्त्री बालकृष्ण खाणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो ।

नेवाः परम्परामा कार्तिक कृष्ण प्रतिपदाको राती घरभित्र ढोका बन्द गरेर आ आफ्ना अगाडि विशेष प्रकारको मण्डप बनाई बिधि पूर्वक आत्म पुजा गर्ने परम्परा रहँदै आएपनि गृहमन्त्री खाँणका लागि गरिएको म्ह पुजामा न त मण्डप बनाइएको थियो, न त समयको साईत जुराइएको थियो । शोफामा बसेका गृहमन्त्री खाँणलाई नेवाः खल आवद्ध महिलाहरुले टिका, माला र पुस्पले अभिेषेक गर्दै म्ह पुजा गराएका थिए । म्ह पुजामा सरिक भएको देखाउनका लागि मात्र कार्यक्रम गरिएको भैरहवाका एक नेवाः अगुवाले नाम नलेख्ने शर्तमा टिप्पणी गरे ।

आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्छन् । सो अवसरमा गृहमन्त्री खाणले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको तस्विरमा माल्यार्पण पनि गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई