७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको यसवर्षको भाइटीका खाली



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको यसवर्षको भाइटीका खाली भएको छ । राष्ट्रपतिको माइतीघरमा जुठो परेको र प्रधानमन्त्रीको यस वर्ष सहोदर भाईको निधन भएकाले दुबैजनाको भाइटीका खाली भएको हो ।

राष्ट्रपति भण्डारीलाई माइतीघरमा आफन्तको निधन भएर जुठो परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले पनि भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । भाइटीका नलगाएका प्रधानमन्त्री देउवाले यो वर्षदशैंको टीका नलगाएपनि पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ४ : ५२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज