१९ माघ २०८२, सोमबार | February 2, 2026

इटहरीमा मोटसाइकल आपसमा ठोकिदा ३ जनाको मृत्यु



सुनसरी । सुनसरीको इटाहरीमा ठूलो मोटरसाइकल दुर्घटना भएको छ । इटहरी उपमहानगरपालिका-१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मोरङ बूढीगंगा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ७ : ३६ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका