४ पुस २०८२, शुक्रबार | December 19, 2025

रक एण्ड रोल स्टार जेरीको निधन



एजेन्सी । ‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए ।

जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए । उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए । उनको गीत वासनाले भरिएको हुन्थ्यो । उनको करियर सन् १९५८ मा सकिएको थियो । उनले १३ वर्षकी कजिनसँग् विवाह गरेका थिए । जबकी उनको यसअघि नै एक श्रीमति थिइन् ।

यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो । जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए । तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो । यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो ।

उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए । मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

जेरीका गीत निकै रुचाइएका गीतमा पर्छन् । उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो । उनको फ्यान फलोइङ पनि धेरै थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको