काठमाडौं । आज तीन वटा प्रदेशका पहाडी भू-भागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
सोमबार पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।


















प्रतिक्रिया