५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बाँके-३ मा सुल्झिएन माओवादीमा गुटबन्दीको रोग, गुट संरक्षणमा केन्द्रकै नेताहरु सक्रिय



खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादीबाट राजीनामा दिएका केही समुहले माओवादीका आधिकारीक उम्मेदवार आईपी खरेलका विरुद्ध स्वतन्त्र उम्मेदवारको प्रचारमा जुटेका बेला माओवादी केन्द्रको भेलाले पार्टीका उम्मेदवार खरेलको चुनावी प्रचार व्यवस्थापन गर्न ७५१ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय सदस्य अन्जना चौधरी, नरेन्द्र न्यौपाने उषा पुन लगायतका नेताहरुको उपस्थितीमा निर्वाचन परिचालन समिति गठन गरिएको माओवादीका उम्मेदवार आईपी खरेलले जानकारी दिए । सो भेलामा माओवादीका बाँके ईन्चार्ज पूर्णाकुमारी सुबेदी जिल्ला संयोजक डम्बर बिक तुफान भने देखिएनन् ।

माओवादीको केन्द्रीय कार्यालयबाट खरेलको नाममा टिकट आएर उम्मेदवारीको प्रक्रिया अगाडी बढि सकेपछि बाँके ३ मा स्थानीय केही माओवादी नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गराएर तीनै सुनारलाई गठबन्धनको आधिकारीक उम्मेदवार भएको भन्दै प्रचारमा जुटेका छन् । माओवादी सुप्रिमो प्रचण्ड सहित सत्ता गठबन्धनका शिर्ष नेताहरुले खरेलनै गठबन्धनको आधिकारीक उम्मेदवार भएको परिपत्र गरेपनि बाँके ३ मा भने जिल्ला संयोजक डम्बर बिककै अगुवाईमा स्वतन्त्र उम्मेदवारको पक्ष र केही केन्द्रीय नेताहरु सहितको अगुवाईमा खरेलको पक्षमा छुट्टाछुट्टै टिम बनाएर प्रचारमा जुटेका छन् ।

पार्टीको जिल्ला नेतृत्वले स्वतन्त्र उम्मेदवार सुनारलाई समर्थन गरिदिएपछि गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका काँग्रेस सहमहामन्त्री समेत रहेका किशोर सिंह राठौर कहिले सुनारसँग त कहिले खरेलसँग चुनावी सभामा देखिने गरेका छन् । एउटै निर्वाचन क्षेत्रमा गठबन्धनले फरक फरक प्रदेशसभाको उम्मेदवारलाई प्रस्तुत गर्दा मतदाता भने अन्यौलमा परेका छन् ।

बाँकेमा देखिएको माओवादी भित्रको फरक फरक गुटको जालो पार्टी केन्द्र सम्मकै गुटको जालो रहेको माओवादी स्रोतले दाबी गरेको छ । स्वतन्त्र उम्मेदवार बोकेर हिंडेका जिल्ला नेतृत्वलाई माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको आशिर्वाद रहेको र अर्का पार्टीका चुनाव चिन्ह बोकेका उम्मेदवार खरेललाई लुम्बिनी प्रदेश ईन्चार्ज वर्षमान पुनको संरक्षण रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ५२ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया