२९ चैत्र २०८२, आइतबार | April 12, 2026

काठमाडौं र भक्तपुरमा २ किशोरीमाथि बलात्कार



काठमाडौं । काठमाडौ र भक्तपुरमा १६ र १४ वर्ष उमेरका २ जना किशोरी बलात्कृत भएका छन् । बलात्कारको अभियोगमा दुबै स्थानबाट अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा भएको घटनामा बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरीमाथि पनि बलात्कार भएको छ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४७ बजे

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको