२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमु प्रा.लि. बीच सम्झौता



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा.लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु (Activate) गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०७ बजे

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना

मन्त्री कुलमान घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

फाइनलमा सुदूरपश्चिम, विराटनगर ७८ रनमै समेटिएपछि पहिलो क्वालिफायरमा भारी हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबार सम्पन्न

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २