२९ चैत्र २०८२, आइतबार | April 12, 2026

लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ



बुटवल । अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।

मायादेवी गाउँपालिका ७ भन्सारचोकबाट भारतीय सीमाबाट नेपाल फर्कंदै गरेका यूपी ५५ एन ६३४६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सम्मरीमाई ७ का २१ वर्षीय तुल्सी लोध, पछाडि सवार सोही स्थान र उमेरका शनिकुमार मिश्र र भारतको सिद्धार्थनगरका १९ वर्षीय पवनकुमार हरिजन बुधबार पक्राउ गरिएको रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए ।

उनीहरूको साथबाट डाइजापाम ९१ एमपुल, फेनरागन ७६ एमपुल, टालजेसिक २२ एमपुल गरी १ सय ८९ एमपुल लागूऔषध बरामद भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट लु ७३ प ८८९२ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको मायादेवी गाउँपालिका ३ का ३१ वर्षीय अल्ताप हुसेन मुसलमान पक्राउ परेका छन् । उनीहरूबाट खैरो हिरोइन ५३.२५ ग्राम बरामद भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : १५ बजे

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको