२ पुस २०८२, बुधबार | December 17, 2025

शंकर पोखरेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धनको यस्तो छ प्रतिबद्धता (पूर्णपाठसहित)



दाङ । एमाले महासचिव शंकर पोखरेल विरुद्ध उम्मेदवारी दिएकी माओवादी नेतृ रेखा शर्मालाई सघाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले सक्रियता नदेखाएको गठबन्धन साझेदार दलले गुनासो गरेपछि आजबाट दाङ क्षेत्र नम्बर २ मा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले उपस्थिती जनाएका छन् । विगतमा महराकै क्षेत्रकारुपमा चिनिएको दाङ २ मा यसपटक महरा नउठेर रेखा शर्मालाई उठाएपनि शुरुमा एउटा विज्ञप्ति निकाल्ने बाहेक महराको उपस्थिती नदेखिएपछि गठबन्धन साझेदार दलहरुले आपत्ति प्रकट गरेका थिए । त्यस लगत्तै महरा आज घोराहीमा देखिएका हुन् ।

महराको उपस्थितीमा आज एक कार्यक्रमकाबीच दाङ २ मा गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, महिलाहरुको आत्मासम्मान सहितको सुरक्षा, सहुलियमा विजुली, सहुलियतमा पानी जस्ता विषयहरु समेटिएका छन् ।

घोषणापत्रमा ८ वटा ग्यारेन्टी सहितको प्रतिबद्धता व्यक्त गरिएको छ । उज्यालो दाङ, शिक्षित दाङ, प्रदूषणमुक्त दाङ, हरियाली दाङ, महिलाका लागि सुरक्षित दाङ, विशेषज्ञसहितको उपचार, पोषिलो आहार, सस्तो, सुलभ, अपाङ्गमैत्री यातायात, स्वच्छ पानी, स्वस्थ जिन्दगानी, विपन्नलाई निःशुल्क घर व्यवस्थित गाउँघर जस्ता योजनाहरु गठबन्धनका घोषणापत्रमा उल्लेख गरिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : २९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन