१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला



काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका-७ स्थाई घर भई काठमाडौं महानगरपालिका-१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल पहिचान नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

कास्कीको पोखरा महानगरपालिका-१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका-१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका-६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम