२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला



काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका-७ स्थाई घर भई काठमाडौं महानगरपालिका-१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल पहिचान नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

कास्कीको पोखरा महानगरपालिका-१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका-१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका-६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु