१ माघ २०८२, बिहिबार | January 15, 2026

बुढानिलकण्ठ क्षेत्रमा प्रदीप पौडेलको घरदैलो अभियान (फोटो फिचर)



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले शुक्रबार बूढानिलकण्ठ मन्दिरको पनि दर्शन गर्दै बुढानिलकण्ठ क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

सोे अवसरमा नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा रहेका पौडेलले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र काठमाडौं ५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने बताए । २०७४ सालमा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा जम्मा ५ मतले पराजित प्रदीप युवा नेताको परिचय बनाउँदै फेरि ५ वर्षपछि काठमाडौं-५ बाट एमालेका पोखरेलसँग चुनावी भिडन्तमा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ०३ बजे

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटेल ग्लोबल परिसरमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा । सिरहाको लहान नगरपालिकाले मातृ-शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पु¥याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण