१४ असार २०८३, आइतबार | June 28, 2026

बाँके-३ : चुनाव जिते किस्मत र रत्न महिनामा एक पटक जनताको घर पुग्ने



खजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाँके क्षेत्र नं. ३ का एमाले उम्मेदवार किस्मतकुमार कक्षपति र प्रदेश क का उम्मेदवार रत्नबहादुर खत्रीले आफुहरु जनताको पीरमर्का बुझ्न महिनामा कम्तीमा एक पटक जनताको घरमा पुग्ने प्रतिवद्धता जनाएका छन् । क्षेत्र नं. ३ अन्तरगत बाँकेको बैजनाथ १ चिसापानीका विभिन्न बस्तीमा जनभेटघाटका क्रममा उम्मेदवारद्वयले सो प्रतिवद्धता जनाएका हुन ।

उनीहरु दुबै जनाले जनताको प्रतिनिधि भएपछि विकासको मोडल हेर्न बाँके ३ मा अरु आउने गरी काम गर्ने बताए । प्रतिनिधिसभा उम्मेदवार कक्षपति र प्रदेशसभा उम्मेदवार खत्रीले जनताको शीर ठाडो हुने गरी आफुहरुले काम गर्ने दाहोे¥याए ।

समानुपातिक उम्मेदवार दीपा शर्माले बाँके ३ मा आयातित उम्मेदवार आएको भन्दै जनता त्यसतर्फ सचेत हुनु पर्ने बताइन् । उनले भनिन् जनताका मुद्दा एमालेले बोक्छ त्यसकारण एमालेलाई माया गर्न आग्रह गर्छु । निर्वाचन प्रचार अभियानमा क्षेत्र नं. ३ का चुनावी कमाण्डर बाबुराम गौतम, एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, युवा नेता पुनित विक्रम शाह, प्रेम सुवेदीलगायत स्थानीय नेता कार्यकर्ताहरु एमालेको पक्षमा मत माग्न बैजनाथका स्थानीयको घरदैलो पुगेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ५२ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको