५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

उपराष्ट्रपति पुनसँग निर्वाचन आयोगका पदाधिकारीहरुको भेटवार्ता



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गरेका छन् । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराए । सो अवसरमा उनले उपराष्ट्रपति पुनलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए ।

उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवाहरूले समेत मतदान गर्न पाउने गरी ‘कट(अफ(डेट’ तय गरेको र आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न जान नपाउने सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि प्रतिनिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको समेत व्यवस्था गरेकोमा आयोगको उच्च प्रशंसा गरे ।

सो अवसरमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : ३७ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा