२ पुस २०८२, बुधबार | December 17, 2025

उपराष्ट्रपति पुनसँग निर्वाचन आयोगका पदाधिकारीहरुको भेटवार्ता



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गरेका छन् । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराए । सो अवसरमा उनले उपराष्ट्रपति पुनलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए ।

उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवाहरूले समेत मतदान गर्न पाउने गरी ‘कट(अफ(डेट’ तय गरेको र आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न जान नपाउने सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि प्रतिनिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको समेत व्यवस्था गरेकोमा आयोगको उच्च प्रशंसा गरे ।

सो अवसरमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : ३७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका