१४ असार २०८३, आइतबार | June 28, 2026

गठबन्धनसँग देश बनाउने भिजन छैन, त्यसैले एमाले विजयी बन्नुको विकल्प छैन : ओली



काठमाडौं । नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले जनता अल्मल्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार र गठबन्धनका नेताहरुसँग देश बनाउने कुनै पनि किसिमको मिसन(भिजन नभएको बताएका छन् ।

अध्यक्ष ओलीले उनीहरुले जादुगरी कुराहरु राखेर जनता अलमल्याउने गरी घोषणापत्र बनाएको भन्दै आलोचना गरे । ओलीले भने, ‘यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्‍यो, सोच हुनुपर्‍यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’

ओलीले दिशाहीन रहेको पार्टीहरूलाई सरकारमा ल्याउने कि भिजन भएको पार्टीलाई सरकारमा ल्याउने हो भनेर प्रश्न गरे ।

उनले गठबन्धन सत्ता स्वार्थको गठजोठबाट बनेको आरोप लगाउँदै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए। उनले जनताले सरकारको विकल्प खोज्नु बेला आएको बताए । एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्ति बन्न नसक्ने हुँदा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन उनले आग्रह गरे ।

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ५९ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक