५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

भैरहवा मण्डप बनाउने तीन दलको प्रतिबद्धता



भैरहवा । नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं ३ को नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैव अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको व्यवस्था गरिने बताएका हुन् ।

राप्रपा, एमाले र जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले भैरहवामा प्रदर्शनी हुँदै सदैव भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, व्यापारीका लागि आफ्नो सामान प्रदर्शनी गर्ने उपयुक्त ठाउँ व्यवस्थित गरिने बताए ।

हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्धसम्बन्धी अवधारणा, बुटवल बेलहिया(६ लेन सडकमा आवश्यकताअनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : १३ बजे

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत