२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री उमाकान्त चौधरीको गाडी नियन्त्रणमा



बारा । सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ ।

आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि ९रातो० नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गडी नियन्त्रणमा लिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका थिए । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले निजि नम्बर नम्बर प्लेट राखेर चलाउने जुक्ती लगाएका हुन् ।

मन्त्री चौधरीले प्रयोग गरेको उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राखेका हुन् ।

सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर प्रयोग गर्दै आएका मन्त्री चौधरी प्रहरी सुरक्षा घेरामा नेपाली कांग्रेसको झण्डा राखेर चुनावी प्रचारमा हिड्ने मन्त्री चौधरीलाई स्कर्टिङ दिने प्रहरी नम्बर प्लेट परिवर्तन भएको सम्बन्धमा अनविज्ञ रहेको र मन्त्री चौधरीले पद र सरकारी गाडीको दुरुपयोग गरेको खबर बाहिरिएपछि आयोगले उनीसंग स्पष्टीकरण माग गरेको खबरप्राप्त भएपच्यात प्रहरीले थहाँ पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।

यता जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाएसकेको जानकारी दिए ।

सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले कार्तिक ५ गते २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ४९ बजे

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ

नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ