५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

मतदाताले जग्गाधनी प्रमाणपुर्जा देखाएर पनि मतदान गर्न पाउने



काठमाडौं । आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् ।

४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरू मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने  भएका छन् । त्यसका लागि व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको-नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : २५ बजे

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले