१ माघ २०८२, बिहिबार | January 15, 2026

मतदाताले जग्गाधनी प्रमाणपुर्जा देखाएर पनि मतदान गर्न पाउने



काठमाडौं । आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् ।

४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरू मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने  भएका छन् । त्यसका लागि व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको-नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : २५ बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र