३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

गुल्मीमा माओवादी केन्द्रका नेताहरुसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश



गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सह(सचिब कमला परियार, पुर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए । एमाले प्रवेश गर्ने नेतृ घर्तिले अबको जनताको पार्टी एमाले भएकाले समाहित भएको बताइन् ।

उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदको सपना कुल्चिदै ब्यक्तीगत स्वार्थमा लिप्त भएपछि पार्टी छोड्नुको अर्को विकल्प नभएको बताइन । पुर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजि थापेर हुर्काएको पार्टी र ब्याबस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमाले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले अध्यक्ष बालसिह काउछाले एमाले विरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडी बढने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ५४ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका