२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रुपन्देही-५ मा एमालेको जीत सुनिश्चित छ : नेता भट्टराई



सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् ।

एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभामा बासुदेव घिमिरे तथा प्रदेशसभामा भूमिश्वर ढकाल एवं रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

गैडहवामा चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले क्षेत्र नं. ५ का बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमालेका उम्मेदवारले मात्र पूरा गर्न सक्ने भएकाले पार्टीको जीत सुनिश्चित रहेको बताए । उनले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकोले क्षेत्र नं. ५ का मतदाताले एमालेका विकाशप्रेमी उम्मेदवारलाई विजयी बनाउने बताए ।

राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका नेता भट्टराईले एमालेसँग शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक सशक्तिकरणको स्पष्ट योजना रहेको बताउँदै समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी एमाले मात्र रहेको बताए ।

नेपाली काँग्रेसबाट जितेका सांसदले १५ वर्ष सम्म क्षेत्र नं. ५ को यथोचित विकास गर्न नसकेको बताउँदै नेता भट्टराईले मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने दाबी समेत गरे ।

यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले अव्यवस्थित बसोबासी, भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे ।

प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरणको विषयलाई एमालेले महत्व दिने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ४३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको