१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेल हेर्न टिकट किन्ने भाग्यशाली दर्शकले विश्वकप हेर्न पाउने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने उद्देश्यसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको बताएको हो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।

यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नु पर्नेछ । यसका लागि एन्फाले ८० सिट छुट्याएको छ । खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ । यसैगरी एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको हो ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्नेछ । फिफा प्रतिबन्ध फुकुवापछि पाकिस्तान आठ वर्षयता अन्तर्राष्ट्रिय मैदान फर्कन लागेको हो । पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवालले सम्हाल्नेछन् ।

यसअघि नेपालले ११ असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ले विजयी भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : ५३ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक