२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलको कालिकापथको सडक नेपालकै नमुना शहरी सडक बन्नेछ : विष्णु पौडेल



बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार विष्णु पौडेलले बुटवलको कालिकापथको सडकलाई नेपालकै नमुना शहरी सडक बनाईने घोषणा गरेका छन् । बुटवल उपमहानगरको वडा नम्बर ११ को कालिकापथ होराइजन चोकको घरदैलो कार्यक्रममा सहभागी भएका पौडेलले कालिकापथको सडकले बुटवलको मुहार फेर्ने दाबी गरे ।

उनले कालिकापथकै जस्तो दर्जन बढी सडक बुटवलमा बन्ने योजना आफ्नो रहेको उल्लेख गर्दै शहरी सडककै नमुना सडकहरु बुटवलमामा बन्न सक्ने बताए । सडकका बिचमा रहेका हाइटेन्सन लाईनका बिद्युत पोलहरुलाई मानो पोलमा रुपान्तरण गरि सिङ्गल विद्युत मोनो पोलको अवधारणा तयार भएको उनले बताए ।

बुटवलको तिनाउमा बनेका मोटरेवल पुलहरुले पारी र वारी बुटवलको भावनालाई अन्त्य गरेको उल्लेख गर्दै बुटवलको विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए । विकासको गतिलाई अझै तिब्रता दिन केपी ओलीको नेतृत्वमा सरकार बन्ने आवश्यक रहेको चर्चा गर्दै पौडेलले एमालेले सरकार बनाए मात्र विकासले गति लिने दाबी गरे ।

राजेन्द्र ढकालको सभापतित्वमा भएको घरदैलो सहितको कोणसभामा प्रदेश (क)का उम्मेदवार लिला गिरी पनि बोलेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : १४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता