२२ माघ २०८२, बिहिबार | February 5, 2026

पाल्पा–२ : ‘नो नट अगेन’को अभियानले ठाकुर गैरे ‘कम्फर्ट जोन’मा !



बुटवल । विद्यार्थी राजनीतिबाट उदाएका पाल्पाका एमाले युवा नेता ठाकुर गैरे यतिबेला चुनावी अभियानमा व्यस्त छन् । पाल्पा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार गैरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ४४ वटा वडामा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्रता दिएको बताएका छन् ।

अभियानकै क्रममा मँगलबार बुटवलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले पाल्पामा चुनाव जित्ने आधार बलियो हुँदै गएको दाबी गरे । ‘संसदीय चुनावमा आफू उम्मेदवार भएर मत मागेको पहिलो अनुभव हो । तर, जब म गाउँ पसे मतदाताका प्रतिक्रियाले अत्यन्तै उत्साहित बनाएको छ ।’–गैरेले भने, विगतमा अरुलाई जिताउन गाउँ पुग्ने व्यक्ति आफै उम्मेदवार भएर अगाडि उभिँदा जनताले थप फराकिलो उत्साहजनक मनले स्वागत गर्नुभएको छ । गाउँको यात्राले थकित शरिरमा पनि उज्यालो अनुहार लिएर सञ्चारकर्मी समक्ष आएका गैरेले निर्वाचन आफ्ना लागि सहज हुँदै गएको दाबी गरे ।

एमालेभित्र रहँदा सदाबहादर उम्मेदवार पूर्व मन्त्री सोमप्रसाद पाण्डेयसँग चुनावी प्रतिस्पर्धामा रहेका गैरेका लागि एउटै चुनौती हो, संसदीय निर्वाचनमा पहिलो अभ्यास । वि.स. २०५३ सालदेखि नै सदाबहार उम्मेदवारको रुपमा रहँदै आएका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेय सत्ता गठबन्धन दलकोतर्फबाट उम्मेदवार छन् । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनको पार्टीले वडा अध्यक्षहरुमा प्राप्त गरेको जम्मा मत नै मात्र ४३३ हो । जुन निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या १ लाख ५ हजार रहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो । वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको छ । संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।

छैटौ पटक चुनावी मैदानमा उत्रिएका पाण्डे र पहिलो पटक चुनावी मैदानमा उभिएका गैरे बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा युवाहरुमा देखिएको ‘नो नट अगेन’ को अभियानले गैरे कम्फर्ट जोनमा भएको दाबी गर्छन् । पटक–पटकका संसदीय निर्वाचन जितेर गएका पाण्डेयलाई अब बिस्राम दिनुपर्ने पक्षमा पाल्पाली मतदाता रहेको देखिन्छ । नयाँ र युवा अनुहारको खोजिमा रहेका मतदाताका लागि ठाकुर गैरे नै उपयुक्त बिकल्प हुने भएकाले उनी सुरक्षित देखिएका हुन् ।

२ नम्बर क्षेत्रमा पर्ने पश्चिम पाल्पा बिकासको हिसाबले पनि कमजोर र पूर्वाधार निर्माणमा नगन्य अवस्थाले जनताहरुले नयाँ अनुसारलाई जिताउने एमाले नेताहरु बताउँछन् । यसैगरी पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरेको दाबी छ ।

उता पाण्डेयले भने गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको दाबी गर्छन् । पाल्पामा एमालेसँग प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली काँग्रेससँगै नेकपा माओवादी केन्द्रको साथले समाजवादीका नेता पाण्डेयलाई जित सहज भएको उनको दाबी छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : २३ बजे

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका