२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने – ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् ।

सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए ।

आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ४० बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ