२० मंसिर २०८२, शनिबार | December 6, 2025

आसन्न चुनावमा ‘गडवड’ गर्ने विप्लव समुहका नेता प्रकाण्डको चेतावनी



बुटवल । चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि चुनावी कार्यक्रममा ‘गडवड’ गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । सो पार्टीले आज बुटवलमा आयोजना गरेको चुनाव भण्डाफोर सभालाई सम्बोधन गर्दै दलाल पुजिवादी चुनाव बहिस्कारका लागि ‘गडवड’ गर्ने चेतावनी दिएका हुन् । उनले कस्तो खाले ‘गडवड’ हो भन्ने विषय भने खुलाएनन् ।

उनले दलाल पुँजिवादी व्यवस्थालाई खरानी नपार्दा सम्म कम्युनिष्ट पार्टीले ‘गडवड’ गरिरहनु पर्ने पनि बताए । उनले सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै राज्यले गिरफ्तार र दमन गरे त्यसको प्रतिबाद गर्न पनि निर्देशन दिए ।

नेता प्रकाण्डले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहिन सुकुम्बासरुलिाई उठबिास गराउन खोजिएको आरोप लगाउँदै बैकल्पिक व्यवस्थाबिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी पनि दिए । करिडोर आवश्यक भएपनि जनताको गाँस र बास भन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले विप्लव समुहसँग रुपन्देहीमा वार्ता भइरहेको खुलासा गरेकै अर्को साता सो समुहले बुटवलमा चुनाव भण्डाफोर सभाको आयोजना गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय