२४ मंसिर २०८०, आइतबार | December 11, 2023

कृषि क्षेत्रको विकासमा रुपन्देही एमालेको योजना : कृषि पर्यटन, बहुउद्देश्यीय बजार स्थापनादेखि प्राङ्गारिक खेतीमा जोड



बुटवल । नेकपा एमालेका उम्मेदवारहरुले बुटवलसहितका सैनामैना, देवदह, तिलोत्तमा र सिद्धार्थनगर समेटेर ग्रामीण क्षेत्रमा कृषि पर्यटन, प्राङ्गारिक कृषि खेतीमा जोड दिनेगरी योजना अगाडि बढाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदबार विष्णुप्रसाद पौडेल, प्रदेश सभा सदस्य २(१) लिला गिरी र २(२) भोजप्रसाद श्रेष्ठले आर्थिक एवम् सहरी केन्द्रको रुपमा विकास भएका यी क्षेत्रमा सहर र ग्रामीण क्षेत्रको अन्तरसम्बन्धलाई विकास गर्नका लागि ग्रामीण क्षेत्रमा गुणस्तरीय एवम् प्राङ्गारिक कृषि उपज सहरी केन्द्रलाई उपलब्ध गराउने योजना ल्याएका हुन् ।

सार्वजनिक प्रतिवद्धतामा गाउँ र सहरका बीचमा कृषिले पुलको काम गर्ने गरी परिकल्पना गरिएको छ । यसको अलवा कृषियोग्य भूमिलाई १२ महिना सिंचाई सुविधा उपलब्ध गराउने, सञ्चालनमा रहेका १६-३६ मौजा, चारतपाह लगायतका सिंचाई प्रणालीलाई नियमित मर्मत सम्हार र सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यसैगरी बुटवलस्थित हाटबजारलाई स्थानीय तह र व्यवसायीहरूसँगको सहकार्यमा बहुउद्देश्यीय बजार केन्द्रमा विकास गरिने, पुरानो बसपार्कस्थित कृषि थोक बजार केन्द्रलाई व्यवस्थित गरिने र यस क्षेत्रअन्तर्गतका सबै हाटबजारहरूलाई समेटेर एकीकृत बजार केन्द्रमा विकास गरिने योजना बनाइएको छ ।

कृषि उत्पादन, भण्डारण, बजारीकरणको प्रभावकारिता र कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गर्न बुटवल र सैनामैनाको सीमाक्षेत्र कर्साघाटमा प्रस्तावित राष्ट्रियस्तरको कृषि उपज केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै दुध, माछा, मासु, अण्डा, फलफूल, तरकारी, खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि तथा पशुपंक्षीजन्य उत्पादनका लागि कृषि बिमाको व्यवस्था मिलाइने छ ।

प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषकलाई विषेशषज्ञ सेवाका साथै समयमै रसायनिक मल, बिउ-बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने छ । यसैगरी उर्वर भूमिको उपयोग गर्दै कृषि तथा पर्यापर्यटको विकास गर्ने योजना घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : २० बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक