५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कृषि क्षेत्रको विकासमा रुपन्देही एमालेको योजना : कृषि पर्यटन, बहुउद्देश्यीय बजार स्थापनादेखि प्राङ्गारिक खेतीमा जोड



बुटवल । नेकपा एमालेका उम्मेदवारहरुले बुटवलसहितका सैनामैना, देवदह, तिलोत्तमा र सिद्धार्थनगर समेटेर ग्रामीण क्षेत्रमा कृषि पर्यटन, प्राङ्गारिक कृषि खेतीमा जोड दिनेगरी योजना अगाडि बढाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदबार विष्णुप्रसाद पौडेल, प्रदेश सभा सदस्य २(१) लिला गिरी र २(२) भोजप्रसाद श्रेष्ठले आर्थिक एवम् सहरी केन्द्रको रुपमा विकास भएका यी क्षेत्रमा सहर र ग्रामीण क्षेत्रको अन्तरसम्बन्धलाई विकास गर्नका लागि ग्रामीण क्षेत्रमा गुणस्तरीय एवम् प्राङ्गारिक कृषि उपज सहरी केन्द्रलाई उपलब्ध गराउने योजना ल्याएका हुन् ।

सार्वजनिक प्रतिवद्धतामा गाउँ र सहरका बीचमा कृषिले पुलको काम गर्ने गरी परिकल्पना गरिएको छ । यसको अलवा कृषियोग्य भूमिलाई १२ महिना सिंचाई सुविधा उपलब्ध गराउने, सञ्चालनमा रहेका १६-३६ मौजा, चारतपाह लगायतका सिंचाई प्रणालीलाई नियमित मर्मत सम्हार र सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यसैगरी बुटवलस्थित हाटबजारलाई स्थानीय तह र व्यवसायीहरूसँगको सहकार्यमा बहुउद्देश्यीय बजार केन्द्रमा विकास गरिने, पुरानो बसपार्कस्थित कृषि थोक बजार केन्द्रलाई व्यवस्थित गरिने र यस क्षेत्रअन्तर्गतका सबै हाटबजारहरूलाई समेटेर एकीकृत बजार केन्द्रमा विकास गरिने योजना बनाइएको छ ।

कृषि उत्पादन, भण्डारण, बजारीकरणको प्रभावकारिता र कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गर्न बुटवल र सैनामैनाको सीमाक्षेत्र कर्साघाटमा प्रस्तावित राष्ट्रियस्तरको कृषि उपज केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै दुध, माछा, मासु, अण्डा, फलफूल, तरकारी, खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि तथा पशुपंक्षीजन्य उत्पादनका लागि कृषि बिमाको व्यवस्था मिलाइने छ ।

प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषकलाई विषेशषज्ञ सेवाका साथै समयमै रसायनिक मल, बिउ-बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने छ । यसैगरी उर्वर भूमिको उपयोग गर्दै कृषि तथा पर्यापर्यटको विकास गर्ने योजना घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं