२ असार २०८३, मंगलबार | June 16, 2026

रुपन्देही-३ का उम्मेदवार दीपक बोहोरालाई नायक प्रदिप खड्काको समर्थन



भैरहवा । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा पछिल्लो निकै चर्चित फिल्म प्रेम गीत–३ का नायक प्रदिप खड्काले आसन्न निर्वाचनमा रुपन्देहीका दीपक बोहोरालाई समर्थन गर्दै मतदान गर्न आग्रह गरेका छन् ।

रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बोहोरोलाई भेट्दै उनले मतदान गरी विजयी गराउनुपर्ने धारणा राखेका छन् ।

मंगलबार भैरहवामा आई उनले भने ‘दिपक बोहोरा जस्तो विकासप्रेमी नेतालाई मत दिए सबैको हित हुन्छ । बोहोराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ यसैले सबैले मतादान गरी उहाँलाई विजयी गराउनुस् ।’

खड्का सहित टिकटक स्टार गोमा ज्ञवाली लगाएतले पनि रुपन्देहीको विकासकोलागि दिपक बोहोराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् । नायक खड्काले भैरहवामा राप्रपा, एमाले र जसपा उमेदवार बोहोरालाई भेट गरी शुभकामना दिएका थिए ।

खड्काको समर्थन र सहयोगप्रति बोहोराले आभार ब्यक्त गरेका छन् । उम्मेदवार बोहोराले भने,‘ स्वत स्फूर्त रुपमा नायकहरुले गरेको सहयोगप्रति म आभार ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ३३ बजे

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,