३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को ९५ प्रतिशत तयारी पुरा



बुटवल । निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ । आज कार्यालय परिषरमा पत्रकार सम्मेदन गर्दै निर्वाचन क्षेत्र नम्बर २ को तयारी ९५ प्रतिशत पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन अधिकृत उदबिर नेपालीले निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र बुझ्ने र मतदास्थल तयार गर्ने काम बाहेका सम्पूर्ण तयारी पुरा भएको बताए । उनले रुपन्देही २ मा निर्वाचन सम्पन्न गर्न १०५४ कर्मचारी परिचालन हुने जानकारी दिए । नेपालीका अनुसार क्षेत्रनम्बर २ मा १३१ मतदान केन्द्र मध्य ५ वटा अपाङ्गमैत्री र २ वटा अस्थायी मतदान स्थल कायम गरिएको जानकारी दिए । कार्यालयले क्षेत्रको सबैभन्दा ठुलो मतदान केन्द्र रहेको लुम्बिनी बाणिज्य कलेजको मतदान केन्द्रलाई विभाजन गरि नबिन औद्योगिक कदरबहादुर माबिमा ८ र साबिक लुम्बिनी बाणिज्य कलेजमा ८ वटा मतदान स्थल बनाउने निर्णय गरेको उनले बताए ।

मतदानलाई अधिकतम मिडियामैत्री र पारदर्शी बनाउन सुबिधासम्पन्न कल सेण्टर, अनलाई नतिजा अपडेटको व्यवस्था र सूचनालाई सहज र सबैमा पुग्ने व्यवस्था मिलाईएको पनि नेपालीले बताए । मतदान स्थलमा प्रत्यक्षतर्फका एक उम्मेदवार एक प्रतिनिधि तथा समानुपातिक तर्फ एक दल एक प्रतिनिधि नियुक्त गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी परेको भन्दै दलहरुले प्रत्यक्ष तर्फपनि एक दल एक प्रतिनिधि राख्न माग गरेका थिए ।

क्षेत्र नम्बर २ मा १२६८०७ मतदाता रहेका छन् । जसमध्य प्रदेश (क)मा ६३५०३ र प्रदेश (ख)मा ६३३०४ मतदाता छन् । त्यसैगरि प्रदेश (क)मा ६५ मतदान केन्द्र र (ख)मा ६६ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०० बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र