२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

झापाबाट ओलीले गरे प्रतिवद्धता – राप्रपालाई जिताउन सिंगो एमाले लाग्छ



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् ।

झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए ।

राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ थियो । उनले गठबन्धन सरकारको आलोचना गरे । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे । ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे । उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताए ।

उनले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए । उनले नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर खरेललाई पठाएको ओलीको भनाइ थियो । यसअघि खरेल झापा २ बाट निर्वाचन लडेर विजयी भएका थिए । ‘एउटा छाप्रा हालेकै भरमा स्थानीय भन्ने हो भने खरेलको पनि यो क्षेत्रमा एउटा छाप्रा हालदिउँला,’ उनले भने, ‘एमाले जतिको पार्टीले एउटा छाप्रा हाल्न नसक्ने कुरै भएन ।’

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ०३ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी