५ चैत्र २०८२, बिहिबार | March 19, 2026

केएल दुगड ग्रुपका अध्यक्ष किसनलाल दुगड नेपालकै जेठो नेपाल बैंक लिमिटेडबाट सम्मानीत



काठमाडौं । केएल दुगड ग्रुपका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंक लिमिटेडले आफ्नो ८६ औ वार्षिक उत्सवको अवसरमा सम्मान गरेको छ । बैंकको स्थापना कालदेखि नै बैंकको असली साझेदार बनेर योगदान पु¥याएको भन्दै बैंकले अध्यक्ष दुगडलाई सम्मान गरेको हो ।

बैंकको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष दुगडलाई सम्मान गरेका थिए । बैंकले प्रदान गरेको सम्मान पत्रमा बैंकको स्थापनाकाल देखि बैंकको साभेदार र ग्राहक बनेर बैंकलाई अनवरत सेवा प्रदान गर्ने अवसर प्रदान गरिएको उल्लेख छ ।

सम्मानपत्रमा मुलुकको आर्थिक कारोबारलाई प्रवद्र्धन गर्दै रोजगारी सृजना गर्ने, उत्पादन क्षेत्रमा लगानी गरि निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपुर्ति प्रणालीलाई सहजिकरण गर्ने, आर्थिक गतिबिधिलाई सुचारु गर्दै उद्यमशिलताको श्रीबृद्धि गर्ने कार्यमा दुगड ग्रुपले योगदान दिएको लेखिएको छ ।

सम्मानपत्रमा दुगड ग्रुपलाई नेपाल बैंकले सम्मानीत, मर्यादित र नियमित सहयात्रीकारुपमा सधैं स्मरण गर्ने पनि उल्लेख गरिएको छ ।

केएल दुगड ग्रुपले नेपालमा उपभोक्ताहरुको रोजाईलाई मध्यनजर राख्दै बिभिन्न खाद्य उत्पादनहरु गर्दै आएको छ । केएल दुगड ग्रुपको धारा तेल र ज्ञान ब्राण्ड नेपालमा सर्वाधिक विक्रि हुने उत्पादन हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ३२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको