२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कतार विश्वकप आजबाट



काठमाडौं । पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ ।

पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।

मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् ।

कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् ।

दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४–३–३ को रणनीतिमा मैदान उतार्नेछन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ । हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ ।

मैदानमा मदिरा प्रतिबन्ध
मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा विक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिन अघि मात्रै यस्तो घोषणा गरेको हो । फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि रंगशालामा मदिरा विक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध थियो ।

आठ मैदानमा खेल 
कतारले विश्वकपमा ६४ खेलहरु आठ रंगशालामा आयोजना गर्नेछ । मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासको लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाएको छ । ६० हजार क्षमताको अल वेत रंगशालमा छ । यसैगरी ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा