४ पुस २०८२, शुक्रबार | December 19, 2025

विराटनगरबाट मतदान गर्न राजविराज आएका विवेककाे जब भाेट लिस्टमा नाम नै भेटिएन‍‍…



सप्तरी । राजविराज- ३ का ३४ वर्षीय विवेककुमार भट्टराई  जारी  प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए । उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उनको नाम मतदाता नामावली पाइएन् ।

नाम नभएको सुन्ने बितिक्कै उनी छक्क परे । उनको स्थानीय तहको चुनावमा नाम थियो । उनले मत पनि खसाएका थिए । अहिले नाम कसरी छैन रु भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई  जानकारी गराए ।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उनले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भने ।

उनले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर नाम भेट्टाएनन् । त्यसपछि उनी निराश हुँदै फर्के । मत हाल्नैको लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे ।

राजविराज- ३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाए । उनले पनि नाम भेटेनन् । निर्वाचनको वेब साइडमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन् । उनी मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्के ।

१५ सय ४८ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ५ सय ५० जनाले मतदान गरेका छन् ।

 

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ५७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा