२२ माघ २०८२, बिहिबार | February 5, 2026

विराटनगरबाट मतदान गर्न राजविराज आएका विवेककाे जब भाेट लिस्टमा नाम नै भेटिएन‍‍…



सप्तरी । राजविराज- ३ का ३४ वर्षीय विवेककुमार भट्टराई  जारी  प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए । उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उनको नाम मतदाता नामावली पाइएन् ।

नाम नभएको सुन्ने बितिक्कै उनी छक्क परे । उनको स्थानीय तहको चुनावमा नाम थियो । उनले मत पनि खसाएका थिए । अहिले नाम कसरी छैन रु भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई  जानकारी गराए ।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उनले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भने ।

उनले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर नाम भेट्टाएनन् । त्यसपछि उनी निराश हुँदै फर्के । मत हाल्नैको लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे ।

राजविराज- ३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाए । उनले पनि नाम भेटेनन् । निर्वाचनको वेब साइडमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन् । उनी मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्के ।

१५ सय ४८ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ५ सय ५० जनाले मतदान गरेका छन् ।

 

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ५७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद