८ बैशाख २०८१, शनिबार | April 20, 2024

बागलुङमा जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप



बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ ।

जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए । उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्  ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : २० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले