२ पुस २०८२, बुधबार | December 18, 2025

गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने



गुल्मी । गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।

गुल्मी जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार (भोलि) पुनः मतदान हुने भएको हो ।

आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो ।

स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो ।

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल