३० श्रावण २०८३, शनिबार | August 15, 2026

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि



काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् ।

काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन् ।

एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा तथा उपाध्यक्ष पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन् । उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन् । त्यहाँ भर्खर मतगणना सुरु भएको हो ।

झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीको मतपरिणाम सार्वजनिक भइसकेको छैन । सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्यालको क्षेत्रमा मतगणना सुरु भएको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : १७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो