८ बैशाख २०८१, शनिबार | April 20, 2024

लमजुङमा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन



लमजुङ । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका-२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए । उनलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए। मर्स्याङ्दी गाउँपालिका-२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ०१ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या